प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई–मास सेभेन’ अब नेपाली बजारमा
२०८१ फागुन ०७ बुधवार
- कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ ।
काठमाडौं : मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधबार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याएको हो ।
कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टका गाडी सार्वजनिक गरेको छ । प्राइम भेरियन्टमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले ३४५ किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । त्यस्तै प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री छ, जसको रेन्ज ४१० किलोमिटरसम्मको छ ।
गाडीमा नयाँ पुस्ताको सर्ट ब्लेड ब्याट्री प्रविधि जडान भएको छ, जुन यसअघिको एलएफपी ब्याट्रीभन्दा प्रभावकारी भएको बताइन्छ । यसमा विन्डशिल्ड हेड–अप डिस्प्ले र फ्रन्ट भेन्टिलेटेड सिट जस्ता आधुनिक सुविधा पनि छन् । यसमा प्रयोग भएको १२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीले सवारीलाई उच्च कार्यसम्पादन र दक्षता प्रदान गर्ने कम्पनीको दाबी छ ।
त्यस्तै गाडीमा १०० किलोवाट डीसी फास्ट चार्जिङ क्षमता रहेको छ, जसले गाडीलाई मात्र २० मिनेटमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्नसक्ने कम्पनीको भनाइ छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’